१९ प्रतिशतले घट्यो प्याजको मूल्य
सोमबार, १६ पुस २०८०, ११ : २१
काठमाडौँ । बजारमा प्याजको मूल्य घटेको छ । चीनबाट प्याज आयात भएसँगै ब्याजको मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिना अगाडिको तुलनामा सुकेको प्याजको औसत मूल्य १९ प्रतिशतले घटेको छ ।
गत मंसिर १५ गते एक किलो प्याजको मूल्य ९७ रुपैयाँ थियो भने हाल घटेर प्रतिकिलो प्याजको मूल्य ८० रुपैयाँ पुगेको छ । कालीमाटी बजार समितिको दैनिक मूल्यसूची अनुसार आज भारतीय सुकेको प्याजको न्यूनतम मूल्य ८० रुपैयाँ प्रतिकिलो छ । यस्तै, चाइनिज प्याजको मूल्य ६७ रुपैयाँ प्रतिकिलो छ ।
आपूर्ति बढी भएमा प्याजको मूल्य घट्ने गर्छ । हालको लागि उल्लेख्य आपूर्ति नभए पनि पछिल्लो समय केही प्याज भारतको खुल्ला सिमानाबाट आयात गर्ने, चीनबाट पनि केही आपूर्ति भएकाले प्याजको मूल्य घटेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण