श्रम मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएसबारे भ्रामक सूचना सार्वजनिक
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएस कोरियाबारे भ्रामक सूचना सार्वजनिक भएको छ । ईपीएस कोरियाबारे विवाद चर्किरहेका बेला सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक गरिएको हो ।
उच्च अदालत पाटनको आदेश बमोजिम सिप बिल्डिङ क्षेत्रका आवेदकहरूको लागि १३ हजार ५८ जनाको कोटा छुट्टाइएको भन्दै भ्रामक सूचना सार्वजनिक गरिएको छ ।
श्रम मन्त्रालयले उक्त भ्रामक सूचना सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ । मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले पूर्णतः असत्य र भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए ।
सामाजिक सञ्जालमा राखिने गलत सूचनामा कुनै आधिकारिकता नहुने हुनाले यस्ता भ्रामक सूचना सम्बन्धमा समयमै सजग एवं सचेत हुन र मन्त्रालय तथा मातहतका निकायहरूको काम कारबाही सम्बन्धमा मन्त्रालय तथा अन्तर्गत निकायहरूको आधिकारिक वेबसाइट मार्फत मात्र जानकारी लिन सबैमा अनुरोध गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण