दाङमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु
सोमबार, १६ पुस २०८०, १८ : २९
बुटवल । दाङमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे१ख ३६९७ नं. को बसले दुधरास विद्यालय कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका–१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय अगाडि नै बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् भने प्रहरीको भ्यानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण