आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु

सोमबार, १६ पुस २०८०, १८ : २९
सोमबार, १६ पुस २०८०

बुटवल । दाङमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे१ख ३६९७ नं. को बसले दुधरास विद्यालय कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो  । 

तुलसीपुर उपमहानगरपालिका–१७ घर भएका  बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय अगाडि नै बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले  नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् भने प्रहरीको भ्यानमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप