विवाह बन्धनमा बाँधिदै रकुल र ज्याकी
मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार दुई जनाले यसै वर्ष २२ फेब्रुअरीमा गोवामा विवाह गर्नेछन् । विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।
यद्यपि, रकुल वा उनको परिवारको तर्फबाट कुनै औपचारिक जानकारी दिइएको छैन । विवाहसँग जोडिएका थप जानकारी पनि सार्वजनिक गरिएको छैन ।
निकटस्त स्रोतका अनुसार दुवैजना आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका सबै कुरा गोप्य राख्न चाहन्छन् । त्यसैले विवाहबारे सबै जानकारी खुलाइएको छैन । दुवैजना हाल थाइल्याण्डमा छुट्टी मनाइरहेका छन् ।
रकुल र ज्याकी करिब दुई वर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । दुवैसँगै छुट्टी मनाउन जान्छन् । सन् २०२२ मा आफ्नो जन्मदिनमा रकुलसँग रोमान्टिक तस्बिर सेयर गर्दै आफूहरू सम्बन्धमा रहेको पुष्टि गरेका थिए ।
रकुलले एक अन्तरवार्तामा दुवै जना छिमेकी भए पनि कुराकानी भने हुन नसकेको बताएकी थिइन् । पछि एक नजिकको साथीमार्फत उनीहरूको बोलचाल सुरु भएको थियो । त्यसपछि उनीहरू एकअर्कालाई डेट गर्न सुरु गरेका थिए ।

रकुलको जन्म सन् १९९० अक्टोबर १० मा नयाँ दिल्लीमा एक पन्जाबी शिख परिवारमा भएको हो । उनी सानैदेखि नायिका बन्न चाहन्थिन् । १८ वर्षमा मोडलिङ सुरु गरेकी उनले सन् २००९ मा कन्नड चलचित्र गिलीबाट अभियनमा डेब्यू गरेकी थिइन् ।
सन् २०१४ मा यारियाँबाट बलिउडमा डेब्यू गरिएका उनले विभिन्न भाषाका ४१ चलचित्रमा काम गरिसकेकी छिन् । उनी कमल हसनको आगामी चलचित्र इन्डियन २ मा देखिनेछिन् । यो सन् १९९६ मा बनेको चलचित्र इन्डियनको सिक्वेल हो ।
उता ज्याकीले कठपुतली, गणपत, मिसन रानीगन्जजस्ता चलचित्रलाई निर्माण गरेका छन् । उनले रेहना हे तेरे दिलमे, कल किसने देखाजस्ता चलचित्रमा अभिनय पनि गरेका छन् । उनले अक्षय कुमार र टाइगर श्रौफको मुख्य भूमिका रहेको आगामी चलचित्र बडे मिया छोटे मिया निर्माण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण