सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

बालकुमारी घटनालाई सामान्य मान्न सकिँदैन : प्रवक्ता सापकोटा

मङ्गलबार, १७ पुस २०८०, १४ : ०६
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बालकुमारी हत्या प्रकरण स्वाभाविक नभएको बताएका छन् । मङ्गलवार केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरी उनले प्रथम दृष्टिमै त्रुटि रहेको जिकिर गरे । तर यो गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहेको उनले बताए । यद्यपि यो घटना स्वाभाविक मान्न नसक्ने उनको निष्कर्ष छ ।

‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । यस घटनालाई रूप र सारमा हेर्नुपर्छ’, उनले भने, ‘जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर गोली नै चल्नुपर्ने अवस्था थिएन । यद्यपि यो घटना स्वाभाविक छैन । रहस्यमय छ । प्रथम दृष्टिमै गलत भएको छ । विभिन्न बहानामा जनतालाई भड्काउने काम भइराखेको हुनसक्ने हामीले भन्न सक्छौँ ।’

शुक्रवार ललितपुरको बालकुमारीमा (इपिएस) मा सहभागी दुई युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप