बालकुमारी घटनालाई सामान्य मान्न सकिँदैन : प्रवक्ता सापकोटा
काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बालकुमारी हत्या प्रकरण स्वाभाविक नभएको बताएका छन् । मङ्गलवार केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरी उनले प्रथम दृष्टिमै त्रुटि रहेको जिकिर गरे । तर यो गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहेको उनले बताए । यद्यपि यो घटना स्वाभाविक मान्न नसक्ने उनको निष्कर्ष छ ।
‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । यस घटनालाई रूप र सारमा हेर्नुपर्छ’, उनले भने, ‘जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर गोली नै चल्नुपर्ने अवस्था थिएन । यद्यपि यो घटना स्वाभाविक छैन । रहस्यमय छ । प्रथम दृष्टिमै गलत भएको छ । विभिन्न बहानामा जनतालाई भड्काउने काम भइराखेको हुनसक्ने हामीले भन्न सक्छौँ ।’
शुक्रवार ललितपुरको बालकुमारीमा (इपिएस) मा सहभागी दुई युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण