सूर्यदर्शन सहकारी ठगीका फरार आरोपी अदालतमा
मङ्गलबार, १७ पुस २०८०, १७ : ४२

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीका फरार आरोपी जिल्ला अदालतमा हाजिर भएका छन् । सहकारीको रकम अपचलन आरोप लागेका शिबबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र आइटी प्रमुख भविश्वर अर्याल कास्की जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
उनीहरुविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गर्नुअघि नै उनीहरु फरार भएका थिए । मंगलबार भोटे र अर्याल कानून व्यवसायीसहित अदालत उपस्थित भए । उनीहरुको अहिले थुनछेक बहस भइरहेको छ ।
यसअघि उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । उनीहरुलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको छ । उक्त सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । अझै १५ जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
-
बुद्ध ! मेरो युगमा तिम्रो सम्झना
-
किराँत समुदायले यसरी मनाए उँभौली पर्व, तस्बिरमा हेर्नुहोस्
-
भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
-
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा