सूर्यदर्शन सहकारी ठगीका फरार आरोपी अदालतमा
मङ्गलबार, १७ पुस २०८०, १७ : ४२
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीका फरार आरोपी जिल्ला अदालतमा हाजिर भएका छन् । सहकारीको रकम अपचलन आरोप लागेका शिबबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र आइटी प्रमुख भविश्वर अर्याल कास्की जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
उनीहरुविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गर्नुअघि नै उनीहरु फरार भएका थिए । मंगलबार भोटे र अर्याल कानून व्यवसायीसहित अदालत उपस्थित भए । उनीहरुको अहिले थुनछेक बहस भइरहेको छ ।
यसअघि उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । उनीहरुलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको छ । उक्त सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । अझै १५ जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण