शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

मङ्गलबार, १७ पुस २०८०, १६ : ०३
मङ्गलबार, १७ पुस २०८०

टोकियो । मध्य जापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन् ।

“प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,” एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

सोमबारदेखि जापानमा कम्तीमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभव गरिएको छ ।-(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप