आफ्नो विशेष ‘क्याप’ फिर्ता गर्न सामाजिक सञ्जालमार्फत वार्नरको आग्रह
काठमाडौँ । भर्खरै मात्र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका स्टार अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले आफ्नो ‘क्याप’ हराएका छन् । उनले विमानमा यात्रा गर्नेक्रममा आफ्नो सामानसँगै ‘ग्रिन क्याप’ पनि हराएको बताएका छन् ।
क्रिकेट खेलाडीको फरक पहिचान बोकेको उक्त ‘क्याप’ फिर्ता गर्न उनले सार्वजनिक रुपमा अनुरोध पनि गरेका छन् । ‘मेलबर्नबाट सिड्नी जानेक्रममा मेरो सामानसँगै ग्रिन क्याप पनि हराएको छ । आफ्नो सामानहरु फिर्ता गरिदिनु हुन म अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
नयाँ वर्षको पहिलो दिन सोमबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका वार्नर यतिबेला आफ्नो सक्रिज खेलजीवनको अन्तिम टेस्ट खेल्ने तयारीमा छन् । अस्ट्रेलिया र पाकिस्तानबिच बुधबार सिड्नीमा सुरु हुने तेस्रो टेस्ट नै वार्नरको खेलजीवनको अन्तिम टेस्ट हुनेछ ।
‘प्रिय महानुभावहरु । यो मेरो अन्तिम उपाय हो । विमानमार्फत मेलबर्नबाट सिड्नी आउने क्रममा मैले आफ्नो सामानसँगै महत्वपूर्ण क्याप पनि हराएको छु । कृपया पाउनु हुने महानुभावले फिर्ता गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । मेरो सामान फिर्ता गर्नु भएका म आभारी हुनेछु,’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण