सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यदर्शन सहकारी ठगी आरोपी दुई जना प्रहरी हिरासतमा

मङ्गलबार, १७ पुस २०८०, १९ : ५१
मङ्गलबार, १७ पुस २०८०

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार दुई जना प्रहरी हिरासतमा परेका छन् । शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र आइटी प्रमुख भविश्वर अर्याल हिरासत पुगेका हुन् ।

उनीहरु दुवैजना मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । दुवैजनाको मंगलबार बयान लिइएको छ । बयान नसकिएपछि बुधबार पुनः बयान लिने र थुनछेक बहस चल्ने जिल्ला अदालत कास्कीले जनाएको छ ।

उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सुरुमै कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाएको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी पनि सोमबार कारागार चलान भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप