सूर्यदर्शन सहकारी ठगी आरोपी दुई जना प्रहरी हिरासतमा
मङ्गलबार, १७ पुस २०८०, १९ : ५१
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार दुई जना प्रहरी हिरासतमा परेका छन् । शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र आइटी प्रमुख भविश्वर अर्याल हिरासत पुगेका हुन् ।
उनीहरु दुवैजना मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । दुवैजनाको मंगलबार बयान लिइएको छ । बयान नसकिएपछि बुधबार पुनः बयान लिने र थुनछेक बहस चल्ने जिल्ला अदालत कास्कीले जनाएको छ ।
उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सुरुमै कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाएको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी पनि सोमबार कारागार चलान भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण