कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत पराजुली जेल चलान
पोखरा । सहकारीको क्षेत्र विस्तारका क्रममा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उनले पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ ।
न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई थुनामा पठाउन आदेश दिएको हो ।
सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी यसअघि नै कारागार चलान भएका अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । प्रहरीले ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म ६ जना पक्राउ परेका छन् । अन्य फरारको खोजी भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण