बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दयाहाङ र रिस्माको ‘रिमै’मा जोडिए सौगात

बुधबार, १८ पुस २०८०, १२ : ११
बुधबार, १८ पुस २०८०

काठमाडौंँ । अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङको मुख्य भूमिका रहने फिल्म हो ‘रिमै’ । फिल्मको मुख्य भूमिकाको लागि अभिनेता सौगात मल्ल पनि भित्रिएका छन् । निर्माण युनिटले बुधबार फिल्ममा सौगात जोडेको हो ।

दयाहाङ, रिस्मा र सौगातले एकसाथ फिल्म ‘कबड्डी’को दोस्रो सिक्वेल ‘कबड्डी कबड्डी’ काम गरेका थिए । खिल बहादुर गुरुङको निर्देशन रहने फिल्म सिनेमा गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरले निर्माण हुन लागेको हो । फिल्ममा विरबल घलेको समेत मुख्य भूमिका रहनेछ ।

उपेन्द्र सुब्बाको पटकथा लेखक रहेको फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ(युके), प्रकाश गुरुङ(युके), जित यात्री गुरुङ (नर्वे) तथा सचि कुमारी घले रहेका छन् भने दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा सह–निर्माता हुन् । फिल्म फागुनबाट फ्लोरमा जाने बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप