‘लुसु’बाट निर्देशनमा डेब्यु गर्दै कलाकार श्रेष्ठ
काठमाडौँ । कलाकार नवराज श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने चलचित्रको नाम ‘लुसु’ राखिएको छ ।
दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता शेखर लामा रहेका छन् । निर्माताले टिमले चलचित्र निर्माणका लागि गत बिहीबार चलचित्र विकास बोर्डबाट इजाजत समेत प्राप्त गरिसकेका छन् ।
पदम विश्वकर्माको कथा रहेको चलचित्र सामाजिक कथाको रहने छ । नेपाल र अमेरिकामा छायाँकन हुने चलचित्रको यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको छ । फागुनबाट चलचित्रको छायाँकन थाल्ने निर्माण पक्षको तयारी छ । चलचित्रको मुख्य कलाकार तथा प्राविधिकहरू केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले जनाएका छन् ।
अभिनयबाट संगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने श्रेष्ठले जनाएका छन् । उनले चलचित्रको कथा सुन्दा यो कथा आफैले भन्नु पर्छ भन्ने महसुस भएर निर्देशनमा आउन लागेको जनाए ।
सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । यस्तै थुप्रै म्युजिक भिडियो तथा विज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
-
खाना खाएको कति समयपछि चिया पिउने ?
-
‘ठूला’ नाम र महँगा प्रशिक्षक पाखा लागे, कम तलबका स्कालोनी र फुएन्ते विश्वकप फाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण