सूर्य नेपालद्वारा डेडिकेटेड र ट्रंक लाइनको महसुल भुक्तानी, अब २ करोड ५० लाख बक्यौता
बारा । डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत सूर्य नेपालले नियमित रूपमा विद्युत् महसुल बुझाइरहेको जनाएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा ‘डेडिकेटेड र ट्रंक लाइन’ प्रयोग गरेबापत सूर्य नेपालले किस्ताबन्दीमा मासिक १२ लाख ५० हजार महसुल रकम बुझाउँदै आएको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर रुमेश रुपाखेतीले जानकारी दिए ।
‘डेडिकेटेड तथा टंक लाइन प्रयोग गरेबापत सूर्य नेपालको ६ करोड ५० लाख थियो, अहिले घटेर २ करोड ५० मा झरिसक्यो’ इन्जिनियर रुपाखेतीले भने ‘२०७८ साल साउनदेखि उहाँहरूले नियमित महसुल बुझाउँदै आउनु भएको छ ।’
सूर्य नेपालले अगामी आर्थिक वर्षसम्म बाँकी रकम बुझाइसक्ने प्रतिबद्धता जनाएको प्राधिकरणले जनाएको छ ।
डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्ने करिडोरको सबैभन्दा ठुलो जगदम्बा स्टिल्स प्रा.लि, जगदम्बा इन्टरप्राइजेज, अशोक स्टिल, हुलास स्टिल, हामा आईरन र बिरगञ्ज वितरण केन्द्र अन्तर्गतको त्रिवेणी स्पेनिङ मिल्सले विद्युत् महसुल बुझाएका छैनन् ।
‘अहिले बोर्डले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्ने उद्योगहरूले ६० किस्तामा तिर्ने भनेर निर्णय गरेपनि कुनै पनि उद्योग हाम्रो सम्पर्कमा आएका छैनन्’, सिमरा वितरण केन्द्र प्रमुख रुपाखेतीले भने ।
सिमरा वितरण केन्द्रको तथ्याङ्क अनुसार करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, अशोक स्टिलको ७८ करोड, हामा आइरनको ११ करोड ५० लाख, हुलास स्टिल्सको ४३ करोड र जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख विद्युत् महसुल बुझाउन बाँकी छ भने वीरगन्ज वितरण केन्द्र अन्तर्गत रहेको त्रिवेणी स्पेनिङ्ग मिल्सको ८६ करोड ९० लाख रुपैयाँ बक्यौता रहेको जनाइएको छ ।
पछिल्लो समय नियमित विद्युत्त महसुल बुझाउने सूर्य नेपाल बाहेक हुलास स्टिल्स कम्पनीको अदालतमा मुद्दा भएकोले विद्युत् लाइन काटिएको छैन ।
हुलास स्टिल प्रा.लिको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकोले लाइन नकाटिएको प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ । अन्य उद्योगहरूको हकमा भने लाइन काटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण