कुलमान भन्छन्– जलविद्युतको बजार सुनिश्चित बन्यो, अब लगानीको वातावरण मजबुत बन्छ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौतासँगै बिजुलीको बजार सुनिश्चित बनेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा उनले भारतसँग सम्पन्न विद्युत् व्यापार सम्झौतासँगै अथाह सम्भावनासहितको बजार सुनिश्चित बनेको बताएका हुन् ।
आज नेपाल र भारतीय पक्षबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता(पीटीए) सम्पन्न भएको छ । यसअघि, जेठ तेस्रो सातामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युत् व्यापारको प्रारम्भिक सम्झौता भएको थियो । सोही प्रारम्भिक सम्झौताले अन्तिमरुप पाएसँगै कार्यान्वयनमै जाने भएको हो ।
भारतीय विदेशमन्त्री एस जयशंकरको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जा सचिवले विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेसँगै भारतीय बजारमा नेपालको पहुँच खुलेको हो । अब यससँगै, नेपालमा लगानीको ढोका खुल्ने घिसिङको भनाई छ । हालसम्म १० हजार मेगावाटभन्दा धेरै जलविद्युतको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको बताए ।
यो सम्झौतासँगै ती आयोजनामा लगानीको बातावरण बन्ने उनको भनाई छ । यस्तै, पीपीएको पर्खाइमा रहेका थप १० हजार मेगावाट क्षमताका आयोजनाको पीपीए समेत खुल्ने उनको भनाई छ । यो सम्झौतासँगै नेपाल र भारतबिच वस्तु किनबेच जस्तै बिजुली किनबेच हुनेछ ।
हाल नेपालले भारततर्फ करिब ७०० मेगावाट बिजुली निर्यातको अनुमति पाएको छ । यद्यपि, यतिबेला सुख्खा याम लागेसँगै भारतबाट नेपालतर्फ बिजुली आइरहेको छ । वर्षा याममा भने नेपालबाट भारततर्फ कूल १५ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात हुन्छ । प्राधिकरणका अनुसार भारतसँगको बिजुली व्यापारमा नेपाल नाफामा गइसकेको छ । अर्थात नेपालले भारतबाट आयात गर्ने बिजुलीको तुलनामा निर्यात गर्ने बिजुली र आम्दानी समेत बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण