वर्षाबाट प्रभावित तेस्रो टेस्टमा अस्ट्रेलिया १९७ रनले पछाडि
काठमाडौँ । पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटको दोस्रो दिन बिहीबार घरेलु टोली अस्ट्रेलिया पहिलो पालीमा अझै एक सय ९७ रनले पछाडि छ । दोस्रो दिनको अधिकांश खेल वर्षाका कारण प्रभावित हुन पुगेको थियो ।
दोस्रो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले ४७ ओभरमा दुई विकेट गुमाएर एक सय १६ रन बनाएको छ । यसअघि पहिलो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा एक ओभरमा कुनै पनि विकेट नगुमाई ६ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि पहिलो पालीमा ओपनर डेभिड वार्नरले ३४ रन बनाए । अर्का ओपनर उसमान ख्वाजाले ४७ रन बनाए । दोस्रो दिनको खेल समाप्त हुँदासम्म मार्नस लाम्बुसेन अविजित २३ र स्टिभन स्मिथ अविजित ६ रन बनाउँदै क्रिजमा छन् ।
पाकिस्तानमा आमेर जमाल र आघा सलमानले एक–एक विकेट लिए । त्यसअघि तेस्रो टेस्टमा पहिलो ब्याटिङ गरेको पाकिस्तानले आफ्नो पहिलो पालीमा तीन सय १३ रन बनाएको थियो । यसअघि पहिलो र दोस्रो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण