अध्यक्ष नेपाल र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता
बिहीबार, १९ पुस २०८०, २२ : ०६
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार अध्यक्ष नेपाल र विदशेमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।
अध्यक्ष नेपालले भेटका अवसरमा आफूहरुबिच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताएका छन् । भेटलगत्तै सामाजिक सञ्जलमार्फत उनले नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताएका छन् ।
भारतका विदेशमन्त्री नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आज काठमाडौँ आएका हुन् । विदेशमन्त्री जयशंकर शुक्रवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण