अध्यक्ष नेपाल र भारतीय विदेशमन्त्रीबिच भेटवार्ता
बिहीबार, १९ पुस २०८०, २२ : ०६

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार अध्यक्ष नेपाल र विदशेमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।
अध्यक्ष नेपालले भेटका अवसरमा आफूहरुबिच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताएका छन् । भेटलगत्तै सामाजिक सञ्जलमार्फत उनले नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताएका छन् ।
भारतका विदेशमन्त्री नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आज काठमाडौँ आएका हुन् । विदेशमन्त्री जयशंकर शुक्रवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु