गुन्डोगनको पेनाल्टीमा बार्सिलोना विजयी
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको खेलमा लास पाल्मासमाथि बार्सिलोनाले २–१ गोलको पुनरागमन जित निकालेको हो ।
१ गोलले पछि परेको अवस्थामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गरेको थियो । १२ औँ मिनेटमा मुनिर अल हद्दादी मोहमदले स्यान्ड्रो रमिरेज क्यासिलोको पासमा गोल गर्दै लस पालमसलाई सुरुआती अग्रता दिलाए ।
तर, ५५ औँ मिनेटमा सर्जि रोबर्टोको पासमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई एक–एक गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको अतिरिक्त सयमा डेली सिंकग्रेवेनले गुन्डोगनलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदान छाडेका थिए । सोही फलका कारण पाएको पेनाल्टीलाई गुन्डोगनले गोलमा परिणत गर्दै बर्सिलोनालाई २–१ जित दिलाए ।
बार्सिलोना जितपछि ४१ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने लस पाल्मास २५ अङ्कका साथ १० औँ स्थानमा छ ।
शीर्ष २ स्थानमा रहेका रियल मड्रिड र जिरोनाको समान ४८ अङ्क रहेको छ । ला लिगा अन्तर्गत एथ्लेटिको विलबाओले सेभिल्लालाई २–० गोल अन्तरले पराजित गर्दा ओसासुनाले अल्मेरियामाथि १–० को जित दर्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण