शेखरले घोषणा गरे नयाँ फिल्म ‘लुसु’
काठमाडौँ । फिल्म ‘लुसु’ निर्माण हुने भएको छ । दि पाल्म ग्रुप प्रालीले आफ्नो चौथो फिल्मको रूपमा यो घोषणा गरेको हो । फिल्मको निर्देशन नवराज श्रेष्ठले गर्नेछन् । सन् १९९४ को फिल्म ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका फिल्म अभिनय गरेका छन् । श्रेष्ठले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
शेखर लामाको निर्माण रहने फिल्म सामाजिक कथामा बन्न लागेको हो । लामाले यस अगाडि फिल्म ‘टुल्की’ बनाएका थिए । ‘टुल्की’ले यसै बर्ष चलचित्र विकास बोर्डले प्रदान गर्ने विशेष चलचित्र पुरस्कार जित्न सफल भएको थियो । जुन केही महिना अगाडि प्रदर्शनमा आएको थियो ।
‘लुसु’ पदम विश्वकर्माले लेखेका हुन् । अजय स्यांङतान मुख्य सहायक निर्देशक रहने फिल्ममा नृत्य निर्देशन तथा कलाकारको भूमिकामा लिगेश भट्टराई अनुबन्धित भएका छन् ।
फिल्ममा काम गर्ने अन्य कलाकार तथा प्राविधिक छनोटको क्रममा छन् । फिल्मको बारेमा अन्य जानकारी कार्यक्रम मार्फत जानकारी दिने निर्माण टिको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण