आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल तनहुँमा

शुक्रबार, २० पुस २०८०, ११ : ४५
शुक्रबार, २० पुस २०८०

दमौली । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् ।

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका छन् । 

राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि यहाँ आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप