आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आर्यन र केकीकाे 'तिमी छौ र मेरो मुटु चलेको'

शुक्रबार, २० पुस २०८०

काठमाडौँ । आर्यन सिग्देल र केकी अधिकारी अभिनीत नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा 'तिमी छौ र मेरो मुटु चलेको' बोलको गीत सार्वजनिक भएको हो । 

मुन्दुम स्टुडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ । गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए । 

'गीत रोमान्टिक फ्लेवरमा बनेको छ । त्यसैले भिडियोमा पनि दुई प्रेमी/प्रेमिकाको प्रेमलाई देखाइएको छ,'मञ्जिलले भने । मञ्जिल राईको कम्पोज रहेको गीतमा बादल लिम्बूको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ/मास्टरिङ, अनिल रानाको सम्पादन छ । हिमाल श्रेष्ठले खिचेको गीतको भिडियो निर्देशन बादल लिम्बूले गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया