शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सर्लाही घटना

सर्लाहीका प्रमुख जिल्ला अधिकारी भन्छन्–मैले गोली चलाउने आदेश दिएको छैन

शुक्रबार, २० पुस २०८०, १९ : १५
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर एक जना युवकले ज्यान गुमाएका छन् । नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद भएपछि झडप हुँदा प्रहरीले बल प्रयोग गर्दा जयशंकार शाहको मृत्यु भएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै धमलाले भने,‘मैले गोली चलाउन अनुमति दिएको छैन ।’

तर, प्रहरीले आफूले बोकेको हतियार आन्दोलनकारीले खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेको छ । आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका एसपी प्रवीण धितालले रातोपाटीलाई बताए ।

शुक्रबार कांग्रेस, जसपा, लोपसा र जनमत पार्टीका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले ५० शय्याको अस्पताल बनाएर प्रदेशलाई हस्तान्तरण गर्न माग गरेका छन् । तर, नगरपालिकाका पदाधिकारीले हाल सञ्चालित १५ शय्याको नगर अस्पताल नगरपालिकाले नै चलाउने र प्रदेश स्तरको अर्को अस्पताल खोल्नुपर्ने अडान राख्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप