शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सर्लाही घटना

हतियार खोस्न खोजेपछि गोली चल्यो–प्रहरी

शुक्रबार, २० पुस २०८०, १८ : ५७
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । सर्लाहीको बरहथवामा प्रहरीले प्रहार गरेको गोली लागेर ३० वर्षीय जयशंकर शाहको मृत्यु भएको छ । १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने र प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले गोली चलाएको थियो ।

प्रदर्शनकारीहरुले प्रहरीले बोकेको हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले रातोपाटीलाई बताए । उनले भने,‘हतियार खोस्न खोजेपछि गोली चलाउने अवस्था आयो ।’

प्रदर्शनकारीले मेयर कल्पना कुमारी कटवालको घरसँगैको टहरो र गाडी जलाएका छन् । प्रदर्शनमा सहभागी दुईजना घाइते भएका छन् । सुरक्षाकर्मी तर्फ ८ जना प्रहरी घाइते भएको एसपी धितालले बताए । प्रहरी सहायक निरीक्षक भिखारी यादव गम्भीर घाइते छन् । उनलाई उपचारका लागी वीरगन्जमा पठाइएको छ ।

झडपपछि स्थानीय प्रशासनले बरहथवा नगरपालिका क्षेत्रमा कफ्र्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले नगरपालिका क्षेत्रमा साँझ ५ बजेबाट शनिबार बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप