हतियार खोस्न खोजेपछि गोली चल्यो–प्रहरी
काठमाडौँ । सर्लाहीको बरहथवामा प्रहरीले प्रहार गरेको गोली लागेर ३० वर्षीय जयशंकर शाहको मृत्यु भएको छ । १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने र प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले गोली चलाएको थियो ।
प्रदर्शनकारीहरुले प्रहरीले बोकेको हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले रातोपाटीलाई बताए । उनले भने,‘हतियार खोस्न खोजेपछि गोली चलाउने अवस्था आयो ।’
प्रदर्शनकारीले मेयर कल्पना कुमारी कटवालको घरसँगैको टहरो र गाडी जलाएका छन् । प्रदर्शनमा सहभागी दुईजना घाइते भएका छन् । सुरक्षाकर्मी तर्फ ८ जना प्रहरी घाइते भएको एसपी धितालले बताए । प्रहरी सहायक निरीक्षक भिखारी यादव गम्भीर घाइते छन् । उनलाई उपचारका लागी वीरगन्जमा पठाइएको छ ।
झडपपछि स्थानीय प्रशासनले बरहथवा नगरपालिका क्षेत्रमा कफ्र्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले नगरपालिका क्षेत्रमा साँझ ५ बजेबाट शनिबार बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण