ब्राजिलियन फुटबल लिजेण्ड मारियो जागालोको निधन
शनिबार, २१ पुस २०८०, २१ : ०३
ब्रासिलिया । खेलाडी र प्रशिक्षकका रूपमा चार पटक विश्वकप जितेका ब्राजिलियन फुटबल लिजेण्ड मारियो जागालोको ९२ वर्षको उमेरमा निधन भएको छ । जागालो ब्राजिल टोलीमा एक विङ्गर थिए । उनले खेलाडीका रुपमा सन् १९५८ र १९६२ मा लगातार विश्व कप जितेका थिए ।
त्यसपछि उनले पेले, जर्जिन्हो र कार्लोस अल्बर्टोजस्ता महान् खेलाडी सम्मिलित टोलीलाई म्यानेज गर्दै ब्राजिललाई सन् १९७० को विश्वकप जिताएका थिए । सन् १९९४ मा अल्बर्टो परेराको सहायक प्रशिक्षकको रुपमा उनले अन्तिमपटक विश्वकप जिते ।
जागालोले सन् १९९८ मा ब्राजिलको नेतृत्व गरे पनि फाइनलमा फ्रान्ससँग नमिठो हार बेहोर्न बाध्य बनेका थिए । उनी खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने पहिलो खेलाडी हुन् । त्यसयता जर्मनीका फ्रान्ज बेकेनबाउर र फ्रान्सका डिडिएर डेस्च्याम्प्सले पनि यो उपलब्धि हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण