जसपाको दलित मुक्ति सङ्गठनको अध्यक्षमा चमेली देवी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट दलित मुक्ति सङ्गठनको केन्द्रीय समिति पुनर्गठन भएको छ । शनिबार जनकपुरमा आयोजित भेलाले चमेली देवी दासको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी समिति र ९९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षहरूमा चन्देश्वर सदा, रमेश सिके नेपाली, सुनिता देवी मोची, सावित्रा विश्वकर्मा, भीम विश्वकर्मा र नरभान पार्की रहेका छन् ।
भेलाले सङ्गठनको मुख्यसचिवमा प्रदीप घताललाई चयन गरेको छ भने सचिवमा बालकुमार मुदेल, देवनाथ पासवान, राजेशकुमार दास, रामप्रित महरा, किरण देवी दास र कोषाध्यक्षमा कृष्णकुमारी तामाङ दास चयन भएका छन् ।
त्यस्तै जसपा निकट समाजवादी ट्रेड युनियन महासङ्घको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार जोरपाटी नयाँबस्तीस्थित गोल्डेन कार्पेटको प्राङ्गणमा आयोजित भेलाबाट योगेन्द्र साम्पाङ राईको अध्यक्षतामा १७ सदस्यीय समिति पुनर्गठन गरिएको महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश मोक्तानले जानकारी गराएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा, महासङ्घका केन्द्रीय अध्यक्ष अर्जुन लम्साल, उपाध्यक्ष सोनाम लामालगायत उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण