बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको दलित मुक्ति सङ्गठनको अध्यक्षमा चमेली देवी

आइतबार, २२ पुस २०८०, ०८ : ०१
आइतबार, २२ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट दलित मुक्ति सङ्गठनको केन्द्रीय समिति पुनर्गठन भएको छ । शनिबार जनकपुरमा आयोजित भेलाले चमेली देवी दासको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी समिति र ९९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षहरूमा चन्देश्वर सदा, रमेश सिके नेपाली, सुनिता देवी मोची, सावित्रा विश्वकर्मा, भीम विश्वकर्मा र नरभान पार्की रहेका छन् ।

भेलाले सङ्गठनको मुख्यसचिवमा प्रदीप घताललाई चयन गरेको छ भने सचिवमा बालकुमार मुदेल, देवनाथ पासवान, राजेशकुमार दास, रामप्रित महरा, किरण देवी दास र कोषाध्यक्षमा कृष्णकुमारी तामाङ दास चयन भएका छन् ।

त्यस्तै जसपा निकट समाजवादी ट्रेड युनियन महासङ्घको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार जोरपाटी नयाँबस्तीस्थित गोल्डेन कार्पेटको प्राङ्गणमा आयोजित भेलाबाट योगेन्द्र साम्पाङ राईको अध्यक्षतामा १७ सदस्यीय समिति पुनर्गठन गरिएको महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश मोक्तानले जानकारी गराएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा, महासङ्घका केन्द्रीय अध्यक्ष अर्जुन लम्साल, उपाध्यक्ष सोनाम लामालगायत उपस्थित रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप