दुबईबाट ब्रा र कट्टुमा सुन लुकाएर ल्याउने श्रीलंकन महिला पक्राउ
काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् ।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी त्रिभुवन विमानस्थलमा मध्यराति १२ बजेर ५ मिनेटमा अवतरण भएकी थिइन् ।
अवैध सुन लिएर विमानस्थल पास हुने प्रयासमा रहेकी उनी चेकजाँचका क्रममा १ किलो ३०० ग्राम सुनसहित पक्राउ परेको विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।
उनले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन ल्याएको खुलेको छ । यस्तै लगाएको कट्टुभित्र पनि स्प्रे गरेर थप सुन ल्याएको फेला परेको चन्दले बताए ।
ब्राभित्र दुई पोका बनाएर राखिएको सुनको तौल ५०० ग्राम र कुट्टुभित्र थप ८०० ग्राम गरेर कुल १ किलो ३०० ग्राम सुन फेला परेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण