बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न जसपाको बैठक

आइतबार, २२ पुस २०८०, १२ : १६
आइतबार, २२ पुस २०८०

काठमाडौँ । राष्ट्रिय सभाको उम्मेदवार टुगों लगाउन जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सत्ता गठबन्धनमा राष्ट्रियसभाका लागि सिटको टुंगो लागेपछि सो पार्टीको उम्मेदवार चयन गर्न बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ ।

मधेश प्रदेशबाट सो पार्टीले एकजना महिला उम्मेदवार पाउने भएको छ । सत्ता गठबन्धनको बैठकमा भएको सीट बाँडफाँटबाट जसपाले एक सीट मात्र पाउने भएको हो । खाली भएको महिला सिट उसले पाउने भएको हो । जसपाका प्रवक्ता मनिष सुमनकाअनुसार सत्ता गठबन्धनको बैठकले गरेको बाँडफाँटको विषयमा पनि कार्यकारिणी समितिको बैठकमा छलफल हुनेछ । जसपाले दुई सीट दावी गर्दै आइरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप