राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न जसपाको बैठक
आइतबार, २२ पुस २०८०, १२ : १६
काठमाडौँ । राष्ट्रिय सभाको उम्मेदवार टुगों लगाउन जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सत्ता गठबन्धनमा राष्ट्रियसभाका लागि सिटको टुंगो लागेपछि सो पार्टीको उम्मेदवार चयन गर्न बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ ।
मधेश प्रदेशबाट सो पार्टीले एकजना महिला उम्मेदवार पाउने भएको छ । सत्ता गठबन्धनको बैठकमा भएको सीट बाँडफाँटबाट जसपाले एक सीट मात्र पाउने भएको हो । खाली भएको महिला सिट उसले पाउने भएको हो । जसपाका प्रवक्ता मनिष सुमनकाअनुसार सत्ता गठबन्धनको बैठकले गरेको बाँडफाँटको विषयमा पनि कार्यकारिणी समितिको बैठकमा छलफल हुनेछ । जसपाले दुई सीट दावी गर्दै आइरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण