‘ड्रेस टु इम्प्रेस सिजन–९’मा ४ डिजाइनर उत्कृष्ट
काठमाडौँ । एकसाथ चार फेसन डिजाइनर उत्कृष्ट भएका छन् । ‘ड्रेस टु इम्प्रेस सिजन–९’ मा प्रतिस्पर्धामा राखिएको ‘लक आइ क्यान फ्लाई’, ‘तक्स एन्ड तिआरा’, एक्सकुइजित कार्प्स’, ‘मेतालिक एन्ड इथ्लेजर’ चार थिममा चार डिजाइनर उत्कृष्ट भएका हुन् ।
शनिवार अबेर साँझ काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा ‘लक आइ क्यान फ्लाई’ तर्फ माया गुरुङ, ‘तक्स एन्ड तिआरा’ तर्फ फर्जाना खातुन , ‘एक्सकुइजित कार्प्स’तर्फ प्रिया घिमिरे र ‘मेतालिक एन्ड इथ्लेजर’तर्फ एन्जोली महर्जन उत्कृष्ट बने । उक्त अवसरमा एन्जोलीले वेस्ट डिसिप्लेन अवार्ड समेत हात पारिन् । विजेता सबैले नगद सहित विभिन्न गिफ्ट ह्याम्पर प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले प्रदान गरिन् ।
आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा ६ महिने कोर्स पूरा गरेका डिजाइनरबीच भएको प्रतिस्पर्धामा ‘ड्रेस टु इम्प्रेस सिजन–९’मा १०७ डिजाइनिङका विद्यार्थीले सहभागी थिए । कार्यक्रममा आईआईएफटीका १२८ बिद्यार्थीको पासआउट ग्राजुयट सेरोमनी पनि भएको थियो ।
डिजाइनरका विद्यार्थीबिच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा पनि समूहगत प्रतिस्पर्धा भएको थियो । डिजाइनिङ कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको हो । जसमा डिजाइनर आफैँले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेको छन् ।
प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा प्रमुख अतिथि रहेको ‘ड्रेस टु इम्प्रेस सिजन–९’मा पुर्व मिस नेपाल उषा खड्गी, फेसन डिजाइनरहरू राजेश झाख्वा, महेश महर्जन, निभा श्रेष्ठ, अंकित वेटिङ, रमिला नेमकुल, पम्फा श्रीस लगायत निर्णायक रहेका थिए ।
‘ड्रेस टु इम्प्रेस’ले फेसन पारखीलाई फेसनको जानकारी दिनुका साथै पब्लिकमा फेसन क्रेज समेत बढाउने आईआईएफटीका प्रबन्धक निर्देशक फुपू तेन्जिङ शेर्पाले बताए ।
काठमाडौँको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरियर कोर्स अध्यापन गराउँदै आएको छ । अहिलेसम्म आईआईआएफटीबाट सयौँको सङ्ख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाले जानकारी दिए ।
‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम रहेको आईआईएफटीका कार्यकारी निर्देशक विपना थापाले बताइन् । आईआईएफटीका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरु गरेको थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण