अध्यक्ष चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन
काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका नव निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन गरेको छ । नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
बैठकले निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरिएको छ । त्यसैगरी सो बैठकले महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पङ्कज अग्रवाललाई निर्वाचित गरेको छ । यस क्रममा सो बैठकले संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।
बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल सिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दीपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित गरेको छ । विधान बमोजिम अध्यक्ष चौधरीले मेघराज पौडेल, नीलमणि पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनीत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण