रिलायन्स मिल्सको पक्षमा आएन अदालतको आदेश
काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइन विवादमा सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सको विपक्षमा आदेश जारी गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले उद्योगको विद्युत् लाइन काटेपछि त्यसलाई जडान गरी पूर्ववत् सञ्चालन गर्न दिन अन्तरिम आदेश जारी गरी पाउँ भनी मिल्सले अदालतमा निवेदन दिएको थियो । तर, अदालतले भने अन्तरकालीन आदेश जारी गर्न नमिल्ने आदेश जारी गरेको हो ।
न्यायाधीश टेकबहादुर कार्कीको इजलासद्वारा जारी आदेशमा भनिएको छ, ‘मिल्सले डेडिकेटेड लाइन विद्युत् लिए बापतको हालसम्मको तिर्नुपर्ने १ अर्ब ७१ करोड ३१ लाख ६९ हजार ११६.८१ रुपैयाँ बक्यौता नतिरेबापत उद्योगको लाइन काटिएको र यी जस्तै अवस्थाका उद्योगहरूलाई बाँकी बक्यौता ६० किस्तामा बुझाउन मन्जुर भई निवेदन दिएका उद्योगको लाइन जडान गर्ने भनी नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको मिति २०८०/९/१६ गतेको निर्णय देखिँदा लाइन काटिसकेको अवस्थामा अन्तरकालीन आदेश जारी गर्न मिलेन ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण