एमाले सुर्खेतको नवौँ अधिवेशन फागुनमा
सोमबार, २३ पुस २०८०, ०९ : ०३

सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन फागुनमा गर्ने भएको छ । सनिबार र आइतबार वीरेन्द्रनगरमा बसेको जिल्लाको बैठकले फागुन ४, ५ र ६ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
माघभित्र सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गरिसक्ने पार्टीको निर्णय अनुसार अधिवेशनको मिति तय गरिएको अध्यक्ष अमृत कुमार विसीले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि विभिन्न समिति तथा समितिका संयोजकहरु समेत तोकिएको छ ।
राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखमा स्वयंम अध्यक्ष विसी संयोजक छन् भने प्रतिनिधि व्यवस्थापनमा कुलमणी देवकोटा, प्रचार प्रसार उपसमितिमा गंगाराम तिमिल्सना, आर्थिक व्यवस्थापन उपसमितिमा डम्मर तिवारी र भोजन व्यवस्थापनमा पुर्णबहादुर पौडेल संयोजक छन् ।
सुर्खेतमा एमालेका १० हजार ५५८ जना संगठिन सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति