बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले बोलायो केन्द्रीय समिति बैठक

सोमबार, २३ पुस २०८०, १४ : ५७
सोमबार, २३ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।  यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ । साथै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताए ।

बस्नेतका अनुसार अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप