रामलाई मासु खाने भनेपछि विवादमा फस्यो नयनताराको फिल्म
चेन्नई । दक्षिण भारतीय अभिनेत्री नयनताराको फिल्म अन्नपूर्णी विवादमा फसेको छ । फिल्मले हिन्दु भावनामा ठेस पुर्याएको भन्दै पूर्व शिनसेना नेता रमेश सोलंकीले फिल्म निर्माताहरुविरुद्ध एफआईआर दर्ता गराएका छन् ।
‘मैले एन्टी हिन्दु र एन्टी हिन्दु नेटफ्लिक्सविरुद्ध उजुरी दर्ता गराएको छ,’ एक्समा एउटा पोष्टमा सोलंकीले भनेका छन् । फिल्मले भगवान रामको अपमान गरेको पनि पोष्टमा उनले भनेका छन् ।
फिल्ममा केही विवादास्पद दृश्य छन् । एउटा दृश्यमा भगवान रामलाई मासु खाने भनेर भनिएको छ । फिल्म लभ जिहादलाई बढाउन उद्देश्यले बनाइएको सोलंकीले बताए । उनले मुम्बई प्रहरी र महाराष्ट्रका गृहमन्त्री देवेंद्र फडणवीससँग निर्माताहरुको साथमा नेटफ्लिक्स इन्डियाविरुद्ध कठोर कारबाही गर्न र एफआईआर दर्ता गर्न अनुरोध गरेका छन् ।
पोष्टमा सोलंकीले फिल्मको केही डायलग र सिनप्रति आपत्ति जनाएका थिए । फिल्ममा अभिनेता फरहानले अभिनेत्रीलाई भगवान रामले पनि मासु खान्थे भन्दै मासु खान उक्साइरहेका हुन्छन् । फिल्ममा नयनताराका पिता पुजारी हुन्छन् । तर नयरनताराले मासु पकाएको, मुस्लिमसँग प्रेममा परेको अनि नमाज पढेको देखाइन्छ । यो अयोध्यामा राम मन्दिरको प्रतिष्ठा हुन लागेको बेलामा जानेर बुझेर हिन्दु भावनालाई आहात गरिएको पोष्टमा भनिएको छ ।
सोलंकीले फिल्म अन्नपूर्णी विरुद्धको ऊजुरीमा निर्देशक नीलेश कृष्णा, अभिनेत्री नयनतारा, निर्माता जतिन सेठी, आर रवींद्रन र पुनीत गोयनका, जी स्टुडियोको मुख्य व्यवसाय अधिकारी शारिक पटेल र नेटफ्लिक्स इन्डियाका प्रमुख मोनिका विरुद्ध एफआईआर दर्ता गर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण