सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभा निर्वाचन : राप्रपाबाट ८ जनाको मनोनयन दर्ता

सोमबार, २३ पुस २०८०, १७ : ५२
सोमबार, २३ पुस २०८०

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत राप्रपाबाट ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट बागमती, कोशी, लुम्बिनी र गण्डकीमा उम्मेदवारी परेको हो । 

जसअनुसार बागमतीमा बाल कुमारी डल्लाकोटी (महिला), हेमजंग गुरुङ (अन्य) र भरतमणि भट्ट (अपांग) ले क्लस्टरअनुसार उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कोशीमा  उद्धव पौडेल (अन्य), लुम्बिनीमा निरञ्जन थापा (अन्य), विजया लक्ष्मी सिंह (महिला) तथा गण्डकीबाट गौमाया श्रेष्ठ (महिला)  र रोम बहादुर भण्डारी (अन्य) को उम्मेदवारी परेको छ । 

अन्य प्रदेशमा भने राप्रपाको उम्मेदवारी नपरेको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप