काठमाडौँ–बैंकक उड्न लागेको निगमको जहाज ग्राउन्डेड, मंगलवार साढे ११ बजे उड्ने
काठमाडौँ । काठमाडौँदेखि बैंकक उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज ग्राउन्डेड भएको छ । सोमबार दिउँसो १५० जना यात्रु लिएर बैंकक उड्न लागेको निगमको एयरबस ३२०, आरए ४०१ नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड बन्न पुगेको हो।
बोर्डिङ पास भएर यात्रुहरु जहाज चढिसकेको अवस्थामा जहाज रन वे प्रवेश गर्नै लाग्दा हाइड्रोलिकमा समस्या आएपछि रोकिन पुगेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । तत्काल जहाज चेकजाँच गर्दा बन्न नसकेको र विकल्पमा अर्को जहाज समेत नहुँदा बोर्डिङ पास भइसकेका यात्रुहरुलाई उडाउन नसकिएको उनले जानकारी दिए ।
हवाई व्यवस्था नियम अनुसार निगमले सम्पूर्ण यात्रुलाई आज होटलमा राखेको छ । मंगलवार सोही उडानमार्फत बिहानको साढे ११ बजे यात्रुहरुलाई बैंकक पठाइने पौडेलले रातोपाटीसँग बताए । ग्राउन्डेड जहाज अहिले प्राविधिक टोलीले मर्मत गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण