‘चित्रा’को प्रिमिएरमा किन अनुपस्थित अन्जना ?
काठमाडौँ । अभिनेत्री अन्जना बराइलीले ‘महापुरुष’बाट नेपाली फिल्ममा डेब्यू गरेकी छन् । पहिलो फिल्म नै राम्रा कलाकार र निर्देशकसँग काम गर्ने अवसर पाएकी उनले ‘महापुरुष’बाट राम्रै चर्चा र सफलता बटुलिन् ।
त्यसैले पनि अहिले उनलाई एकपछि अर्को फिल्म हात परिरहेको छ । उनी अहिले ‘पुजार सार्की’ अभिनय तरखरमा छिन् । जसको वर्कसप चलिरहेको छ । उनी पनि सहभागी भइरहेकी छन् ।
अन्जनाको अर्को विशेषता पनि छ । उनी बोलाएको प्रायः फिल्मका प्रिमिएरमा पुग्छिन् । तर सोमबार भने उनी आफ्नो अभिनय गरेको फिल्म ‘चित्रा’को प्रिमियरमा सहभागी भइन् । अन्जना किन सहभागी भइन् ‘चित्रा’ को प्रिमिएरमा ? कार्यक्रममा पत्रकारबिच चर्चा भयो । कतिले व्यस्तता अनुमान लगाए, कतिले निर्माण टिमसँगको खटपट । केहीले त उनको फिल्ममा छोटो भूमिका भएकोले सहभागी नभएको समेत अनुमान गरे ।
अरुको फिल्मको प्रिमिएरमा पुग्ने अन्जना आफ्नै फिल्मको प्रिमियरमा किन सहभागी भइन् । यो विषयमा अगामी दिनमा उनले जवाफ दिनेनैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण