बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै

बुधबार, २५ पुस २०८०, ०७ : ५०
बुधबार, २५ पुस २०८०

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ । दुई दिने बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

जसपाले गत भदौमा सञ्चालन गरेको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा पार्टी सदस्यहरुको सक्रियतामा भएका साङ्गठनिक प्रगति विवरण प्रतिवेदन बैठकमा प्रस्तुत हुने छ ।

त्यसैगरी राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन बैठकमा प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत बैठकमा छलफल हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप