शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
‘लिटिल बुद्ध’को साथबाट बरामद पैसाको चाङ (तस्बिरहरु)
फोटोफिचर

‘लिटिल बुद्ध’को साथबाट बरामद पैसाको चाङ (तस्बिरहरु)

बुधबार, २५ पुस २०८०

काठमाडौँ । आफूलाई लिटिल बुद्धको रुपमा चिनाउने तपस्वी रामबहादुर बम्जनको साथबाट बरामद नगद सार्वजनिक गरिएको छ ।  बुधबार बम्जनलाई सार्वजनिक गर्नुअघि सीआईबीले उनको साथबाट बरामद नगद सार्वजनिक गरेको हो । 

प्रहरीले चाङ लगाएर बरामद रकम सार्वजनिक गर्दा नेपालीसहित विभिन्न देशका मुद्रा देखिन्थे । 

विभिन्न १७ देशका मुद्रा गरी उनको साथबाट ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बराबदरको नगद बरामद भएको सीआईबीले जनाएको छ । 

उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट मंगलबार साँझ पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि बाल यौन शोषणको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया