कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
सारांश
- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको बताएका छन् ।
- उनले वर्तमान सभापति गगन थापा पक्षलाई बीपीको विचार सम्झँदै व्यक्तिवादी र स्वार्थीपन छाड्न चेतावनी दिए ।
- उनले वडा अध्यक्षहरुलाई विना स्पष्टीकरण सदस्यता अद्यावधिक नगरेको नाममा निकालेको अवस्था स्वीकार्य नहुने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले नेपाली कांग्रेस अहिले निरङ्कुशता र हुकुमी शासन शैलीमा चलेको बताएका छन् ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिस्ष्ठानमा आयोजित कार्यक्रममा बोल्दै डा.कोइरालाले अहिलेको सरकारजस्तै कांग्रेस पनि हुकुमी शैलीमा चलिरहेको बताएका हुन् ।
‘कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ’, कोइरालाले भने– ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो । तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ ।’
उनले वर्तमान सभापति गगन थापा पक्षलाई बीपीको विचार सम्झँदै व्यक्तिवादी र स्वार्थीपन छाड्न चेतावनी दिए । साथै उनले वडा अध्यक्षहरुलाई विना स्पष्टीकरण सदस्यता अद्यावधिक नगरेको नाममा निकालेको अवस्था रहेको भन्दै त्यो स्वीकार्य नहुने र पार्टी एकता कायम राख्न सभापति थापालाई अग्रसरता लिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण