मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको चेतावनी दिएका छन्।
- उनले मधेसमा बलियो पार्टी बनाउन सकिएमा समग्र देश र कम्युनिस्ट आन्दोलनका लागि ठुलो योगदान पुग्ने बताए।
- प्रचण्डले पार्टीभित्र कार्यविभाजन र जिम्मेवारी बाँडफाँडमा केही तलमाथि परेको स्वीकार गर्दै गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
धनुषा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साङ्गठनिक सुदृढीकरण, आन्दोलन र पार्टी निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
बुधबार जनकपुरमा आयोजित नेकपा मधेस प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै प्रचण्डले मधेसमा बलियो पार्टी बनाउन सकिएमा समग्र देश र कम्युनिस्ट आन्दोलनका लागि ठुलो योगदान पुग्ने बताए। मधेसमा पार्टी बलियो बनाउन नसकिए ठुलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको समेत उनले चेतावनी दिएका छन्।
पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा बोल्दै प्रचण्डले पार्टीभित्र कार्यविभाजन र जिम्मेवारी बाँडफाँडमा केही तलमाथि परेको स्वीकार गरेका छन्। उनले नेता तथा कार्यकर्ताहरूका गुनासो र असन्तुष्टिलाई कार्यविभाजनको पुनरावलोकन गरी सम्बोधन गर्ने र सन्तुलन मिलाउने प्रतिबद्धता जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण