श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण
कोलम्बो । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
विश्व बैंककाअनुसार सन् २०२३ मा श्रीलङ्काको अर्थतन्त्र ३.८ प्रतिशतले ऋणात्मक वृद्धि भएको अनुमान गरिएको थियो ।
श्रीलङ्काको उत्पादनमा आर्थिक वर्ष २०२२/०२३ मा केहि घटेको अनुमान गरिएको भएता पनि सार्वभौम ऋणको पुनर्संरचनामा प्रगति भएको विश्व बैङ्कले जनाएको छ ।
यद्यपि, बैङ्कले विशेष गरी निजी ऋणदाताहरूसँगको बिचमा ऋण पुनर्संरचना वार्ताका लागि श्रीलङ्काको दृष्टिकोण अनिश्चित रहेको बताएको छ ।
बैङ्कले उदीयमान बजार र विकासशील अर्थतन्त्र क्षेत्रहरू रहेको दक्षिण एसियाको वृद्धि सन् २०२३ को तुलनामा सामान्य सुस्तता आई ५.७ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण