बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक

बुधबार, २५ पुस २०८०, १६ : १८
बुधबार, २५ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार आजको बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत, आगामी महाधिवेशनको तयारीका साथै सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन् । 

यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बस्ने पार्टी कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप