भारततर्फ लैजाँदै गरेका गाई र गोरु बरामद
बुधबार, २५ पुस २०८०, १७ : २६
रौतहट । रौतहटबाट लुकाई छिपाई भारततर्फ लैजाँदै गरिएका १७ वटा गाई र गोरु प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी गौर महादेवपट्टिबाट खटिएको गस्ती टोलीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा गौर नगरपालिका २ बाट गाई र गोरु बरामद गरेको हो ।
प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका १० वटा गाई, एउटा गोरु र ६ वटा बाछी बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
बरामद गाई ,गोरु र बाछीको एक लाख छयानब्बे हजार मूल्याङ्कन गरिएको र आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण