शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारततर्फ लैजाँदै गरेका गाई र गोरु बरामद

बुधबार, २५ पुस २०८०, १७ : २६
बुधबार, २५ पुस २०८०

रौतहट । रौतहटबाट लुकाई छिपाई भारततर्फ लैजाँदै गरिएका १७ वटा गाई र गोरु प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी गौर महादेवपट्टिबाट खटिएको गस्ती टोलीले  अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा गौर नगरपालिका २ बाट गाई र गोरु बरामद गरेको हो ।

प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका १० वटा गाई, एउटा गोरु र ६ वटा बाछी बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । 

बरामद गाई ,गोरु र बाछीको एक लाख छयानब्बे हजार मूल्याङ्कन गरिएको र आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप