पोखरामा २० वर्षपछि कन्दराको लाइभ कन्सर्ट
पोखरा । पोखरामा २० वर्षपछि कन्दराको लाइभ कन्सर्ट हुने भएको छ । एक समयको चर्चित र लोकप्रिय व्याण्ड कन्दरा २० वर्षपछि गृह नगर पोखरामै कन्सर्ट गरेर कमब्याक हुन लागेको हो । शुक्रबार पोखराको प्रदर्शनी केन्द्रमा सांगीतिक प्रस्तुति दिने बताइएको छ ।
पोखरा पर्यटन परिषद्ले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि कन्दरालाई प्रयोग गरेको हो । २ घण्टासम्म कन्दराले डेढ दर्जनभन्दा बढी गीत प्रस्तुत गर्ने कन्दराका गायक विवेक श्रेष्ठले बताए । उनलाई सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन र पंकज झाले साथ दिनेछन् ।
‘पहिला घर देश अनि परदेश’ भन्ने नाराका साथ हुने सांगीतिक अभियान नेपालको सातै प्रदेशमा पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । ‘पोखरापछि अरु सहरमा पनि पुग्छौँ । पोखरासहित देशको पर्यटनमा सघाउ पुगोस् भनेर कार्यक्रम गरिएको हो,’ उनले भने ।
गायक श्रेष्ठ २१ वर्ष विदेशमा बसेर नेपाल फर्किएका हुन् । अब देशकै लागि काम गर्ने उनले सुनाए । ‘कयौँ देश घुमे । तर नेपाल जत्तिको सुन्दर कहीँ पाइनँ,’ उनले भने, ‘म आत्मा साक्षी राखेर भन्न चाहन्छु, विवेक कहिल्यै विदेश जान चाहँदैन । मलाई कहिल्यै पनि विदेश जान मन छैन ।’
उनले नेपालीलाई कामकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन् । कन्सर्टका लागि साधारण टिकट ३ सय र भिआइपी टिकट १ हजार राखिएको छ । १० हजार भन्दा बढी दर्शकले कन्सर्ट हेर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण