सहकारीमा देखापरेका समस्याको समाधान गर्न गृहमन्त्री श्रेष्ठले गरे छलफल
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न सम्बन्धित निकायहरुसँग छलफल गरेका छन् ।
बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न विषयमा छलफल गरेका हुन् ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक जनशक्ति व्यवस्थापन गरी उपसमिति मार्फत् तोकिएको सहकारीको चल, अचल सम्पत्तिको लेखाजोखा, लिलाम आदी गर्ने र निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ । यस्तै बचत तथा कर्जा सुरक्षण कोष छिटो सञ्चालनका पहल गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यस्तै बैठकले नियामक निकाय गठन आदेश मार्फत् गठन गरी कार्य सुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार गृहमन्त्री श्रेष्ठले सहकारीमा देखिएका समस्या समाधान गर्न अग्रसरता लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण