बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको आजको बैठकमा महाधिवेशनबारे छलफल हुने

बिहीबार, २६ पुस २०८०, ०८ : १५
बिहीबार, २६ पुस २०८०

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको दोस्रो दिनको बैठकमा महाधिवेशनबारे छलफल हुने भएको छ । महाधिवेशनभन्दा अगाडि पालिकादेखि प्रदेशसम्मको अधिवेशन सम्पन्न गर्नुपर्ने तथा निर्वाचित समितिको अभिलेख केन्द्रीय संगठन विभागमा पठाउनुपर्ने बुधबारको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रस्ताव गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नतले जानकारी दिए ।

साथै महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, नीति कार्यक्रम, आर्थिक प्रतिवेदनलगायतका दस्तावेजहरुको मस्यौदा गर्नुपर्ने साथै महाधिवेशन लागि व्यवस्थापन, प्रचारप्रसार र आर्थिक कामलाई पनि व्यवस्थित गर्ने भनिएको छ ।

साथै राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय विभाग तथा संयन्त्रको जिम्मेवारीलगायतका विषयमा बैठक केन्द्रित हुने उनले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप