३ जना मृतावस्थामा फेला
बिहीबार, २६ पुस २०८०, १२ : ३२
काठमाडौं । विभिन्न जिल्लामा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका-२ अनैकोट घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ मलरा बस्ने ६२ वर्षीय विश्वनाथ घिमिरे काभ्रे भुम्लु गाउँपालिका-६ आँपघाटस्थित सुनकोशी नदीमा मृत अवस्थामा फेला परेका छन् । पुस १८ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त नदीमा शव फेला परेको हो ।
यसैगरी लमजुङको सुन्दरबजार नगरपालिका-९ धारापानीस्थित मर्स्याङ्दी नदीको किनारमा अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका-५ बालापुर मोडस्थित कलभर्टमा पनि अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण