डन–३ मा भिलेनको रुपमा देखिँदैछन् इमरान हाशमी ?
नयाँदिल्ली । बलिउडको बुहप्रतिक्षित सिक्वेल हो डन–३ । फरहान अख्तरको निर्देशन रहेको यो फ्रेन्चाइजीको आगामी फिल्ममा शाहरुख खानले नखेल्ने पक्का भइसकेको छ ।
गतवर्ष मात्रै रणबीर सिंह फिल्ममा डनको रुपमा देखिने घोषणा भएको थियो । फिल्ममा रणबीर सिंह देखिने कुराले शाहरुखका फ्यानहरु निराश भएपनि रणबीरका फ्यानहरु भने उनलाई नयाँ भूमिकामा हेर्न उत्सुक छन् ।
यसैबिच फिल्मको कास्टबारे नयाँ जानकारी बाहिर आएको छ । न्यूज १८ को एउटा रिपोर्टअनुसार फिल्ममा इमरान हाशमी पनि जोडिँदैछन् । फिल्ममा उनी भिलेनको भूमिकामा देखिन सक्ने बताइएको छ । ठूलो पर्दामा रणबीर सिंह र इमरान हाशमीलाई एकसाथ हेर्न पाउनु फ्यानका लागि रोमाञ्चक खबर हो । तर यसबारे फिल्म मेकर र इमरान दुबैको तर्फबाट आधिकारिक जानकारी आएको छैन ।
केही दिनअघि इमरान फरहान अख्तरको अफिसबाट बाहिर निस्किरहेको भेटिएका थिए । सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा इमरान खान फरहानको अफिस बाहिर देखिएका छन् । यहि भिडियोले पनि उनले डन–३ मा काम गर्न सक्ने अफवाह बढाएको हो ।
केही महिनाअघि रिलिज भएको फिल्म टाइग–३ मा इमरान सलमान खानसँगै देखिएका थिए । यस फिल्ममा उनले भिलेनको भूमिका निर्वाह गरेका थिए । फिल्मले बक्स अफिसमा खासै जादु देखाउन नसकेपनि दर्शकहरुले इमरानको अभिनयलाई निकै मन पराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण