आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

२७ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह

बिहीबार, २६ पुस २०८०, १७ : ४२
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह  २७.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तिय प्रतिवेदन अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा रेमिट्यान्स आप्रवाह ६ खर्ब १३ अर्ब २५ करोड भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप