राष्ट्र बैंकको तथ्याङ्क भन्छ– घट्यो बजार महँगी, मुद्रास्फीति दर ४.९५ प्रतिशतमा सीमित
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले बजार महँगी ह्वात्तै घटेको देखाएको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले बजार महँगी घटेको जनाएको हो ।
बैंकका अनुसार २०८० सालको मङ्सिर महिनामा बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशतमा सीमित छ । जबकि, गत आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो ।
यस अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.१० प्रतिशत छ । यस्तै, गैर–खाद्य तथा सेवातर्फको मुद्रास्फीति ४.८४ प्रतिशत छ । यसबाहेक, घ्यू तेल, तरकारी र मासु तथा माछाको बजार महँगी कमी आएको तथ्याङ्क केन्द्रीय बैंकले सार्वजनिक गरेको छ ।
२०८० सालको कात्तिक महिनाको तुलनामा मङ्सिर महिनामा तरकारी, फलफूल, मसला, चिनी जस्ता वस्तुको मूल्यमा कमी आएकाले समग्र बजार महँगी घटेको बताइएको छ । यस्तै, वार्षिक बिन्दुगत आधारमा २०८० मङ्सिर महिनामा आयात मूल्य सूचकाङ्क ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्याला दर र थोक मूल्यको वृद्धिदरमा समेत कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण